Tuesday, November 07, 2006

एतिहासिक निर्णय

अन्तमा शान्ति

मलाई लाग्यो म ढिलो भए कि "देशमा यतरो निर्णय भेइ सकेछ्,म भने निन्द्रामा" तर सुख् समाचार् ढिलो भए पनि उत्तिकै ताजा रहयो र रहि रहनेछ् जस्तो लाग्छ् मलाइ । उठ्नासाथ पत्रीका आयोकी भनेर कौसिमा हेरे तर देखिन । एक छिन पछि बाटोमा एउटा फुच्ची को हात मा पत्रीका देखे टाढा भए पनि हाईलाईट गरेका अक्षर प्रस्टै देखिन्थे "PEACE AT LAST"
यतरो बर्ष् सम्म् चलेको गृह युद्द को अन्त्य हुने कुराले खुसि को सिमा रहेन । एक् छिन् मा पत्रीका आयो।अबेर राती सम्म बसेर भए पनि हाम्रा नेता हरु ले एतिहासिक् निर्णय गरेछन्। निर्णय लाई छ बुदे सहमती को रुप्मा उनिहरुले प्रस्तुत गरेका रहेछन । १४ घण्टा लामो उनिहरु को बार्ता मा अब आउने कार्तिक ३० गते भित्र शान्ति प्रकियामा हस्ताक्षेर हुने र माओवादी छापामार हरु लाई तोकिएको छेत्र मा मङ्सिर ५ गते भित्र पठाउने कुरा भएको छ ।माओवादी छापामार हरु लाई ईलाम्,सिन्धुली,काभ्रे,पाल्पा,रोल्पा,सुर्खेत र कैलाली का छेत्र हरु मा राख्न्ने निर्णय भएको छ साथै उनिहरु र उन्को हतियार लाई एक पछीय ताला बन्दी गर्ने निर्णय सयुन्क्त राष्ट्र संघ ले गरेको छ । यो प्रकृया नेपाली सेना मा पनि लागु हुने भएको छ । साथे राती भएको बार्ता को अन्य निर्णय मा हंतियार ब्यबस्थाप्न ,अन्तरिम संबिधान र अन्तिरम सरकार मा समेत मह्तोपूर्ण निर्णय भएको थियो । जे होस् देश मा आएको शान्ति दिगो होस् यही कामना नयाँ नेपाल लाई । । । शान्ति शान्ति शान्ति आज को आवस्यक्ता । । । । ।

4 comments:

Anonymous said...

Janta Zindabad !!!!!!!
WE GOT THE VICTORY!!!!

Ajaya said...

Janata Jindabaad, But about victory let's wait and see.

सहयात्री said...

Still there is not everything... we must wait for the time...Je hos morning shows the day bhane jastai....Its good news...Raj Ji, ahile matti hallnu ra dherai fur fur gari halna mildeina.......Anyway we must say...Jaya Pashupatinath Hami sabaiko kalyan gara...

Anonymous said...

Great.......Lets see new face in Government too...
Thanks
umesh