Monday, November 06, 2006

बार्ता पूर्वको टिका-टिप्णी

सात दल र माओवादीबीचको वार्ता सहमतिमा पुग्ने भनिएको आज (२० कार्तिक)को अपरान्ह नजिकिँदै क्रमसंगै राजधानीको राजनीतिक वातावरण तातेको छ। परामर्श वैठकहरु तिब्र भएका छन्। आजै बिहान माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालासँग भेटेका छन भने एमाले महासचिव माधवकुमार नेपालसँग टेलिफोनबाट वार्ता गरेका छन्। एमाले स्थायी समितीको वैठक केन्द्रिय कार्यालय बल्खुमा मध्यान्ह पछि शुरु भएको छ। नेका प्रजातान्त्रिकको केन्द्रिय कमिटीको वैठक पनि सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भइरहेको छ। औपचारीक रुपमा नबताइएपनि आज बेलुकासम्ममा ७ दल र माओवादीका शिर्ष नेताहरुको वैठकले सहमती सार्वजनिक गर्ने करिब करिब तय भएको छ। गृहमन्त्री कृष्णप्रसाद सिटौलाका भनाईमा हतियार व्यवस्थापन तथा कतिपय राजनीतिक मुद्दाहरुमा समेत सरकार र माओवादीबीच सहमति भइसकेको छ र सो सहमतिलाई ८ दलका नेताहरुको बैठकले अनुमोदन गर्न बाँकी छ। सरकार र माओवादीबीच भएको भनिएको सहमति अनुरुप संयुक्त राष्ट्र संघको अनुगमनमा रहने गरी माओवादीका सेना क्याम्पमा बस्ने र तिनको हतियारलाई एकल तालाबन्दी (सिंगल लक) प्रकृया अर्न्तगत भण्डारण गरिनेछ। यसरी हतियार भण्डारण गर्दा लगाइएको ताल्चाको साँचो माओवादीसंग रहने छ त्यो ताल्चा कसैले छोएमा राष्ट्र संघले क्लोज सर्किट क्यामेरा (सिसीटिभि) मार्फत हेर्नेछ। त्यस अवस्थामा साइरन समेत बज्ने व्यवस्था मिलाउने सहमती भएको छ। यसवाहेक हतियार भण्डारण गरिएको स्थान र माओवादी सेना रहेको ब्यारेक तथा आफ्ना उच्च नेताहरुको सुरक्षार्थ …जनसेना'ले केही सामान्य हतियार राख्न पाउने छ। गृहमन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार शिर्ष नेताहरुले अनुमोदन गरेपछि यो सहमति कार्यान्वयनमा जानेछ।
Source:हिमाल खबर बाट

1 comment:

Ajaya said...

Jay Bholi , Raaj Ji