"हामी माओवादी पाल्दैनौ” foto: www.nepalnews.com (Chasing local people by a maoist)
देशमा माओवादी पक्ष र सरकार पक्ष बाट यती ठुलो सम्झौता भए पछि पनि माओवादी को चरित्र सुध्ंरिन सकेको छैन ।माओवादी बाट जनतालाई धम्की दिने ज्यान मार्ने डर दिने काम जारी छ ।
त्यसैको सन्धर्बमा हिजो मात्र एतिहसिक निर्णय भएको दिन मा समेत माओवादी कार्यकर्ता ले राजधानीबासी लाई कार्तिक २४ गते हुने भनिएको उनिहरुको कार्यक्रम मा भाग लिन आउने उनिहरु को कार्यकर्ता हरु लाई खान बस्न दिनु पर्ने भनेर टोल टोल मा गै भनेका थिए ।
उनिहरुले टोल टोल मा गै हरेक घरमा उनिहरु को १० १० जना कार्यकर्ता लाई रख्दिनु पर्ने भनेका थिए ।साथै उनिहरु ले आफ्नो कार्यक्रम भरि उनि हरु लाई राख्नु पर्ने र नराखेमा भौतिक कारबाही हुने जनाएका थिए ।
यस्तो प्रस्ताब लाई टोल बसिले माओवादी को ज्याद्ती भन्दै हिजो जुलुस् निकालेका थिए ।उनिहरु ले देशमा यती ठुलो को निर्णय भए पछि पनि माओवादी को हर्कत उस्तै रहेको ले शान्ति मा चिन्ता बडेको बताएका थिए ।उनिहरु ले “माओवादी पाल्दैनौ” भन्ने नारा लगाउदै शहर घुमी माओवादी को केन्द्रिय कार्यालय घेरेका थिए ।यस्तो जनताबाट दबाब आइसके पछी अधक्ष्य प्रचन्ड ले पर्सी हुने कार्यक्रम स्थगित गरेका छन ।
यती ठुलो सम्झौता भही सक्दा पनि उस्तै भए यी माओवादीको घैटा मा घाम कहिले लाग्ने होला ? ? ? ?
Wednesday, November 08, 2006
Posted by
Raj Shrestha
at
9:11 PM
Subscribe to:
Post Comments (Atom)
1 comment:
I can't read what is says, but they are beautiful and interesting photographs.
Post a Comment