Thursday, November 30, 2006

माइला को गुण्-गान लाई पछारे ब्याकुल माइला ले

Photo:THT( हर्ष बिभोर माईला )
बच्पन का ति दिन आजै जस्तो लाग्छ्,जुन दिन मा स्कुल को प्राथना अगाडि बसी "श्रीमान गम्भिर" गाएको तर समय बद्लिएको छ । लोकतन्त्र को आग्मन संगसंगै राष्ट्रिय गीत पनि फेरिएको छ । सधैं घोक्रो फुलाई फुलाई गाएको श्री ५ को गूड गान अब परिवर्तन हुने भएको छ । उपनाम ब्याकुल माइला भएका ओखल्ढुङ्गा बस्ने प्रदिप कुमार राई को रचना राष्ट्रिय गीत को लागि हिजो छनोट भएको छ । राष्ट्रिय गीत छनोट कार्यदल का सस्कृति बिद सत्य मोहन जोशी सहित् ले हिजो एक कार्यक्रम बिच राई को गीत छनोट मा परेको कुरा बताए । अन्य गीत एबम कबिता समेत रचना गरेका राई आफ्नो गीत छनोट भए पछि हर्स बिभोर भए ।
जे होस् राजा को दिन सिद्दिएको भनिरहेको बेलामा सम्पत्ती सँग सँग राष्ट्रिय गीत समेत अब पुरानो गुन गान बाट फेरिए पछि राजा को हालत के हुने हो त्यो भने हेर्न बाकी छ ।जे होस् अब भने राष्ट्रिय गान हामी पनि हेरौन त!!!
ब्याकुल माइला को रचना
सयौं थूंगा फूलका हामी, एउटै माला नेपालीसार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचलवीरहरुका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमालअखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशालअग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

Wednesday, November 29, 2006

हतियार मा सहमती
foto:nepalnews.com
अन्तमा हतियार ब्यबस्थापान मा अड्किएको कुरो हिजो साझ मिलेको छ । बिभिन्न बुदा हरु मा कुरो नमिलेर रोकिएको सम्झौता हतियार को उचित ब्यबस्थापान हुने भने पछि कुरो सकिएको थियो।माओबादि र सेना को दुबै तर्फ उत्ति उत्ति हतियार् राखि तालाबन्दि गर्ने र त्यस् लाई यु,एन् ले निग्रानि गर्ने छल् फल् मा कुरा भएको थियो। साथै माओबादि ले सिबिर् सुरक्षा को लागि तिस् जना र पन्द्र जना हतियार् धारि सैनिक् राख्न पाउने प्राब्धान् पनि बनाएको कुरा छल् फल् ले बताएको छ्।

Tuesday, November 28, 2006

बन्दुक तह लगाउन समय लाग्यो ? ? ?


foto:nepalnews.com

देश शान्ति सम्झौता मा सहमती भैइ शान्ति तिर अगाडि बडी रहेको स्थिथिती मा हाल आएर हतियार ब्यबस्थापान सम्बन्धी कुरा मा बार्ता नमिल्दा कुरा लम्बी रहेको छ।शान्ति सम्बन्धि हरेक् कुरा अस्तिको शिखर् बार्ता मा छल्फल् भै सके को भने पनि यो हतियार् सम्बन्धि कुरा मा भने केहि बुदा हरु बाकि थिए रे।यसै कुरा मा छल् फल् गर्न भनि सरकार र माओबादि नेता हरु बिच् पटक् पटक् कुरा हुदा पनि निर्‍ग्योल् मा पुग्न सकेन।हिजो बेलुका सरकार को बार्ता तर्फ का प्रतिनिधि सिटौला र माओबादि का महरा ले भोलि पहिलो घडि मा नै बार्ता निस्कर्स मा पुग्ने भने पनि आज् बिहान् पनि बार्ता मा कुनै तुक् कुरा भएन।पत्रकार् हरु अनुसार् माओबादि टोलि प्रचन्ड सङ्ग् छल्फल् गर्नु पर्ने भयो भन्दै बार्ता स्थान् बाट् बहिरेक थिए।खोइ कहिले हुने हो छल् फल् र कहिले हुने हो बन्दुक् मा सहमति?किन हुदै छ ढिलाइ???

Monday, November 27, 2006

बन्दुक बोक्नु पर्ने थाहा पाए पछि राती नै फरार
foto:www.djkartell.com
मन नलागी नलागी पनि कर ले जानु परेपछि मौका परे किन भागथेनन । पढ्ने खेल्ने उमेर मा भर्ति गराउन भनि जबरजस्ती सोल्खुम्बु जिल्ला को बिधालयबाट माओवादी ले सात विद्यार्थी लागेका थिए । सिन्धुली गडी को दोस्रो डिविजन बाट भागेर सदरमुकाम आए पछि लामो सास् तान्दै ९ कक्षा मा पढ्ने टेक बहादुर बस्नेत ले "हामी त राती नै भागी आएको"भनि एकै सस्मा भने । सोल्खुम्बु कै केरुङ मा कार्यक्रम छ भनि लगेका बताउने उनिहरु ले अस्थाइ सिवीर मा पुगे पछी प्रती कार गरेका थिए ।तर उनिहरु को कुरा सुन्ने कस्ले??एत्रो देशमा शान्ति सम्झौता भै सके पछि त कुरा नसुनेका ले जाबो ९ कक्षा मा पढ्ने भुरो को के कुरा सुन्ने । । । । ।
Source:kantipur

Sunday, November 26, 2006

गजुरेल को चटक ज्ञानेन्द्र होइन गजुरेल

काम्रेड प्रचन्ड को साटो गजुरेल


लोकतन्त्र को लहर देशमा चलेको बेला चरचित अनुहार जस्तै बनेर जन्ता हसाउदै हिड्ने मा ब्यस्त छन् हास्य कलाकार् मनोज् गजुरेल्।कहिले माइला दाइ भएर ठाटिने गजुरेल् कहिले प्रचन्ड् भएर हात् उठाउन भ्याउछन्।झापा जिल्ला मा जन्मिएका गजुरेल् १० बर्ष् को उमेर् देखि नै नक्कल् गर्न खप्पिस् थिए रे! जे भए पनि उन्को यो नक्कल् भने मलाइ गजब् लाग्यो!! तपाइ लाइ कस्तो लाग्छ् लेख् नु होला!!!!


Foto:www.damadol.com