Sunday, October 29, 2006

घाइतेको सँख्या बढ्दो

जन्-आन्दोलन २ मा घाइते हरु लाई सरकार ले आर्थिक रुपमा सहयोग गर्ने भै सके पछी हिजो आज "म पनि आन्दोलन् मा घाइते थिए" भनि घाइते को सिफारिस् गराउने को सँख्या निकै बढेको छ । सरकारले घाइते को चोटपटक हेरी सख्त घाइते,घाइते र सामान्य चोटपटक लागेको लाई लाखौ देखि २० हजार रुपैया सम्म दिने निर्णय गरेको थियो ।
पैसा पाउने कुरा सरकार बाट आइसके पछि हिजो आज नर्सिङ होम,हस्पिटल् र हुँदा हुँदै डाक्टर को क्लिनिक मा समेत मेरो सिफरिस् गर्दिन पर्‍यो भन्नेको सँख्या बढेको छ रे! घाइतेले घाइते भये बापत् उपचार् खर्च पाउनु त ठिक् कुरा हो तर आन्दोलन् को बेलामा हुल् मुल् मा परिएला भनि कोठामा ढोका थुनेर बस्ने ले पनि घाईते हु भनेर उपचार खर्च खोज्नु कतिको उपुक्त होला ? ? ? ?

1 comment:

Anonymous said...

ghaite ta ma pani hum tara khai ke garne... launa raj ji yeso milaedinus na