Thursday, November 30, 2006

माइला को गुण्-गान लाई पछारे ब्याकुल माइला ले

Photo:THT( हर्ष बिभोर माईला )
बच्पन का ति दिन आजै जस्तो लाग्छ्,जुन दिन मा स्कुल को प्राथना अगाडि बसी "श्रीमान गम्भिर" गाएको तर समय बद्लिएको छ । लोकतन्त्र को आग्मन संगसंगै राष्ट्रिय गीत पनि फेरिएको छ । सधैं घोक्रो फुलाई फुलाई गाएको श्री ५ को गूड गान अब परिवर्तन हुने भएको छ । उपनाम ब्याकुल माइला भएका ओखल्ढुङ्गा बस्ने प्रदिप कुमार राई को रचना राष्ट्रिय गीत को लागि हिजो छनोट भएको छ । राष्ट्रिय गीत छनोट कार्यदल का सस्कृति बिद सत्य मोहन जोशी सहित् ले हिजो एक कार्यक्रम बिच राई को गीत छनोट मा परेको कुरा बताए । अन्य गीत एबम कबिता समेत रचना गरेका राई आफ्नो गीत छनोट भए पछि हर्स बिभोर भए ।
जे होस् राजा को दिन सिद्दिएको भनिरहेको बेलामा सम्पत्ती सँग सँग राष्ट्रिय गीत समेत अब पुरानो गुन गान बाट फेरिए पछि राजा को हालत के हुने हो त्यो भने हेर्न बाकी छ ।जे होस् अब भने राष्ट्रिय गान हामी पनि हेरौन त!!!
ब्याकुल माइला को रचना
सयौं थूंगा फूलका हामी, एउटै माला नेपालीसार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचलवीरहरुका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमालअखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशालअग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

No comments: