Wednesday, November 22, 2006

११ बर्ष लामो युद्द लाई फर्केर हेर्दा


शान्ति आएको खुशी साथ रहदा रहदै पनि ११ बर्ष को लामो युद्द लाई कसरी भुल्न सकिन्थ्यो र? कान्तिपुर मा मैले भेटेको यो युद्द को सारांस्(छोट्करी) तपाईं हरु सँग पनि बाड्दै छु। ११ बर्ष का प्रमुख घट्ना हरु :
२०५१ फागुन १ - रोल्पा, रुकम र सिन्धुली जिल्लाका एकएकवटा प्रहरी चौकीमा आक्रमण ।
२०५३ पुस १९ - रामेछापको बेथानमा आक्रमण दुई प्रहरी र तीन माओवादीको मृत्यु ।
२०५५ फागुन २० - दाङको चिराघाट इलाका प्रहरी कार्यालयमा आक्रमण । सात प्रहरीको मृत्यु ।
२०५५ फागुन २१ - रुकुमको एमालेका सांसद उम्मेद्धार यदु गौतमको हत्या ।
२०५६ पुस १९ - जुम्लाको रारालीमा आक्रमण । ९ प्रहरीको मृत्यु ।
२०५७ असोज ९ - डोल्पा सदरमुकाम दुनैमा आक्रमण । १४ प्रहरीको मृत्यु ४० घाइते ।
२०५७ चैत २० - रुकुमको रुकुमकोट ठाँटीडाँडामा आक्रमण । ३० प्रहरीको घटनास्थलमै मृत्यु ।
२०५८ असार २३ - लमजुङ, नुवाकोट र गुल्मीका प्रहरी चौकीहरूमाथि एकै पटक आक्रमणमा ४१ प्रहरीको मृत्यु ।
२०५८ मंसिर ८ - पहिलो पटक सैनिक ब्यारेकमा आक्रमण । दाङको सदरमुकाम घोराहीमा आक्रमण । १४ सैनिकसहित ३७ सुरक्षाकर्मीको मृत्यु ।
२०५८ फागुन ४ - अछामको सदरमुकाम मंगलसेन र साँफेबगरस्थित विमानस्थलमा एकै साथ आक्रमण । प्रमुख जिल्ला अधिकारीसहित १ सय २९ भन्दा बढीको मृत्यु ।
२०५८ चैत ३० - पूर्व-पश्चिमको राजमार्गको दाङ खण्डका तीन ठाउँमा एकै साथ आक्रमण । सशस्त्र र जनपदका अधिकृतसहित ४६ प्रहरीको मृत्यु ।
२०५९ भदौ २३ - सिन्धुलीको भीमानमा आक्रमण । प्रहरी निरीक्षकसहित ४९ को मृत्यु ।
२०५९ भदौ २४ - अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आक्रमण । ६५ सुरक्षाकर्मी र एक सर्वसाधारण गरी ६६ को मृत्यु ।
२०५९ कात्तिक २९ - जुम्लाको सदरमुकाम खलंगा र गोरखाको ताकुकोटमा आक्रमणमा प्रमुख जिल्ला अधिकारीसहित ६१ सुरक्षाकर्मी र दुई सर्वसाधारणको मृत्यु ।
२०५९ माघ १२ - सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ दम्पतीको हत्या ।
२०६० भदौ २१ - दोलखाको मैनापोखरीमा यात्रुबहाक बसमा आक्रमण ।
२०६० चैत ७ - म्याग्दीको सदरमुकाम बेनीमा आक्रमण । सैनिकसहित ५१ जनाको मृत्यु ।
२०६२ साउन २३ - कालीकोटाको पिलीमा आक्रमण । ५० भन्दा बढी सैनिकको मृत्यु ।
२०६२ जेठ २३ - चितवनको बाँधर- मुढेमा यात्रुबहाक बसमा आक्रमण । ३९ सर्वसाधारणको मृत्यु ।
२०६२ जेठ २९ - कैलालीको अत्तरियामा सशस्त्र प्रहरीका सात परिवारको हत्या ।
२०६२ चैत ७- १३ सैनिकको मृत्यु । काभ्रेको दाप्चामा आक्रमण ।
२०६२ चैत २३ - सल्र्ााहीको मलंगवामा आक्रमण । सैनिक हेलिकप्टर ध्वस्त । १० सैनिकसहित २३ को मृत्यु ।
२०६२ वैशाख १० - सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा अन्तिम आक्रमण । पाँच माओवादी र एक सुरक्षाकर्मीको मृत्यु ।

साभार्:कान्तिपुर दैनीक

फोटो: www.hinduonnet.com www.theage.com.au

1 comment:

Ajaya said...

at last, another Prithvi Narayan Shaha came to existence. Anyway, let's hope for a peaceful nepal.