Wednesday, November 22, 2006

शान्ति नेपाल मा पनि आइपुग्यो ! अब फर्किदैन रे!!!
शान्ति को लागि हात बडाउदै (foto:rajeshkc.com.np)

अन्तत ढिलो भए पनि आशा को त्यान्द्रो पलायो । होस् हवास् मा नभएका ले लामो सास् फेरे । यती लामो ११ बर्ष सम्म देशमा गुज्रे को हिंशा ले पूर्णवीराम पायो । हिजो को मंगलबार त्यस्मा पनि साँझ को ८:२९ को समय शायद नेपाल को ईतिहास मा अबिस्मर्णिय क्षण भएर रहनेछ । २०५२ फागुन १ गते बाट आफ्नो सस्त्र हिसा सुरु गरेको माओवादी र सरकार बिच्को युद्द ले देशमा १४०० हजार भन्दा बढी को ज्यान र करोडौ को भौतिक् क्षती बेहोरी रहयो । तर त्यो दिन अब भने टरे जस्तो छ हिजो बेलुका एतिहासिक शान्ति सम्झौता मा प्रधान मन्त्री गिरिजा प्रसाद कोईराला र माओवादी का अध्यक्ष प्रचन्ड ले सामुहिक हस्ताक्षर गरे । हस्ताक्षर पछी प्रचन्ड ले कार्यक्रम मा बोल्दै"देश अब शान्त भएको र अब बिकास तर्फ उन्मुख हुनु पर्ने सबै देश बासी लाई अनुरोध गरे" । त्यस्तै प्रधान मन्त्री कोईराला ले पनि प्रचन्ड लाई खाली फोटो मा देखेको र यो पाली साच्चै देख्न पाएको र यही पाली शान्ति सम्झौता भएको ले खुशी भएको बताए । भाषाण पछी बिरेन्द्र सभा गृह ताली ले गुन्जियो । तर ढिलो भए पनि सामुहिक सम्झौता भएको छ ।अब भने दुवै पक्ष बाट सोच बिचार ले काम गरी देश लाई केही उकालो लगाउने तर्फे सोच्दा कसो होला । अन्तमा ,
जय नेपाल
शान्त नेपाल

No comments: