Thursday, November 02, 2006

सेवासुलभ भावनामा ज्ञान पनि आवश्यक














कुचो पछी सिठ्ठी लिएर सडकमा उत्रीएका माओवादी कार्यकर्ता को सम्बन्धित छेत्रमा ज्ञान नहुनाले ट्राफिक समस्या समाधानको को साटो झन झन्झटिलो हुने हो कि जस्तो देखिन्छ ।
आज बिहान आफिस् समयमा कँलकी को वातावर्ण हेर्दा त्यहाँ जाम कम हुनु को साटो झन केही नमिलेको हो कि जस्तो लाग्थ्यो ।
ट्रफिक छेत्रमा उचित ज्ञान नभेइ हाम्रा काम्रेड हरु ट्राफिक मिलाउन बस्नाले यसो भएको पो हो कि भन्ने कुरा सोच्न आवश्यक देखिएको छ ।
ट्राफिक बत्ति,ट्राफिक नियम सम्बन्धमा ज्ञान नभेइ रोड म बस्नाले हो कि के हो हाम्रा काम्रेडको सिठ्ठी र हात जतासुकै हल्लेको र बजेको देखिन्थ्यो ।
त्यसैले उनिहरुको सेवासुलभ भावना कदर योग्य रहे पनि सम्बन्धित छेत्रमा भने अलिक ज्ञान लिएर अघी बडे कसो होला ? यो कुरा काम गर्ने र गराउने दुवै पक्ष ले सोचेर अघी बडेमा राम्रो हुने थियो कि ? ? ? ? ?

4 comments:

Ajaya said...

आआशा गरौं राज् जि हामीले तीनिहरुलाई हस्पिटल् मा बिरामी जाँचिरहेको देख्न नपरोस्

Anonymous said...

I share your concerns.

SBS

Anonymous said...

के गर्ने राज जी बोकाले हलो तान्ने भए गोरु किन चाहियो र भन्ने नेपाली उखान त छँदैथियो अब फेरी अर्को पनि नयाँ उखान बन्छ यो कुरा निश्चित हो । कमरेड साथीहरुको समाजसेवा प्रतिको चाहना त ठिकै हो तर समय सापेक्ष काम गरे त राम्रो हुने थियो कि । लाईसन त छ नि सवारी साधनको ज्ञान छैन के गर्नु हातमा ट्रफिकको जस्तो सिठ्ठी मात्र भएर भएन त्यसलाई सही तरिकाले बजाउनु पनि त पर्यो । हेर्दै जाउँ यो देशमा अझै के के चकचकी हुने हो ।

Anonymous said...

Ke garne Raj dai, Mukhle jasto kamle garna gahro chha. Kamred sathiharulai Kucho nai suhayako thiyo pheri kina siththi boknu pareko ni...? Achamma chha ba....