अस्ती मात्र त्यती मेहनत गरेर भएको शान्ति बार्ता को बारेमा राष्ट्रिय स्तरिय शान्ति सम्झौता को मस्योउदा सरकार ले सबै पक्ष सँग छलफल नगरिकन गरेको भन्दै माओवादी ले यस्मा आपति जनाएका छन । पार्टीको केन्द्रिय बैठक मा छलफल गर्न काभ्रे पुगेका माओवादीका केन्द्रिय नेता बाबुराम भटटराइ ले सम्झौता को मस्योउदा सबै सँग परामर्स गरी गर्नु पर्ने मा त्यसो नभएको भन्दै आपती जनाए । उनिले उक्त मसौउदा अपूर्ण भएको भन्दै सरकार ले आउदो बिहीवार प्रकाश मा ल्याउने भनेको मस्योउदा हतार गरी अगाबै आउनु उचित नभएको बताए । भटटराइ ले माओवादी को शिवीर राख्न्न सरकार सँग अनुमती लिनु नपर्ने,माओबादि ले नै तोकेको ठाउ मा राख्न पाउनु पर्ने भन्दै मस्योउदामा उक्त कुरा प्रस्ट नभएको बताए । उन्ले मसौउदा ६ बुदे सहमती बिपरित पनि भएको साथै माओवादी बाट पनि मसौउदा तयार पार्ने काम भई राखेको र पुरा भए पछि प्रधान मन्त्री साथै माओवादी का शिर्ष नेता बाट हस्ताक्षर हुने अनि मात्र बहिर प्रकाश मा आउने कुरा बताए ।
Monday, November 13, 2006
सरकार को निर्णयमा माओवादीको आपत्ति
Posted by
Raj Shrestha
at
11:46 PM
Subscribe to:
Post Comments (Atom)
1 comment:
यस्तै हो राज जी, कहिले पनि यीनिहरु कसैको बुद्धि फर्कर्ने छैन । खुट्टा तान्ने बानी भएकाहरुलाई एउटा न एउटा कुरा समातेर घरीघरी निहुँ खोजिरहन्छन् । अलिकति होचीअर्घेली सहन नसक्ने मुलाहरु पनि के को देश बनाउँछु भनेर बास्नु । मेरो गोरुको बार्है टक्का गरेर कहिले पो उन्नती होला यो देश । सहमति भएको हप्तादिन भएको छैन फेरी यो भएन र त्यो भएन भनेर फरेव खेल्न थालिसके । अचम्म छ बा !
Post a Comment