Friday, December 15, 2006

होसियार राजाबादीहरु
Photo Coursety:www.nepalnews.com


अस्ति मात्रै हो पोखरा मा त्यत्रो धुलाई भेटेको तर पनि चेत् आएन् यि राजाबादि लाइ।देश् मा लोक्क्तन्त्र,गडतन्त्र को नाम्मा यत्रो देश् उर्लि सकेपछि पनि "राजा आउ देश् बचाउ" भने पछि त काग् को हुल् मा बक्कुल्ला भैन्छ् भनेर उनिहरु लै थाहा भएन छ् कि कसो।तर हुन त २१ सौ शताब्दी मा मानब् अधिकार् को कुरो पहिलो चरण् मा आउने भए पनि बेला बख्त् हेर्नु पर्ने रहेछ् के गर्ने?फेरि हिजो मात्र काठ्मान्डौ मा राप्रपा को राजा बादि जुलुस् मा हस्तछेप् भै राजबादि हु भन्ने ले पिटाइ भेटेका छन्। त्यसैले बेला बद्लियो है अब होसियार् ।।।।

Thursday, December 14, 2006

यु ट्युब पछि नेपाली ट्युब

तपाईं हरु मा धेरै लाई थाहा होला यु ट्युब को बारेमा । जहाँ संसार को बिभिन्न ठाउ बाट बिभिन्न ब्यक्ति ले अप्लोड् गरेको भिडियो राखिएको हुन्छ । हिजो आज त यस्को क्रेज् निक्कै नै बडेर गएको छ। आफ्नो भिडियो अप्लोड् गर्न मिल्ने अरु को हेरेर कम्मेन्ट् गर्न मिल्ने। गजब् थियो।तर आज नेट् ब्राउज् गर्दै जादा आर्को ट्युब पनि भेटे।तर त्यो ट्युब् भने नेपालि को। यु ट्युब् चर्चित् भएर नेपालि बनेको हो कि के हो तर त्यस्मा पनि नेपालि गीत् हरु को भिडियो,अन्य कुराकानि साथै अन्य छेत्र हरु ओगटेर भिडियो रखिएको रहेछ। जे होस् यु टुब् बाट् प्रेरित् भए पनि नभए पनि प्रयास् भने राम्रो छ।शुभ-कामना नेपालि ट्युब् लाइ।।।।।तपाइ पनि हेर्ने हो नेपालि ट्युब् त्यसो भए जानुस्
www.nepalitube.com

Monday, December 11, 2006

काठ्मान्डौमा जाडो
foto:hobotraveler.com
राजधानी शान्ति बार्ता को दौरान मा निकै ताते पनि मौसम ले भने साथ छोडेको छ । पुष लाग्दा नलाग्दै जाडो ले पारो नागेको छ । बिहान उठ्न उसै त गाह्रो त्यस्मा पनि हुस्सु लागेको बेला झन गाह्रो ।तै पनि स्कुल कलेज जाने हरु मुख बाट तातो तातो बाफ निकाल्दै हिंडेका देखिन्छन । झन् आज बिहान् देखि को झरि ले त जाडो को साच्चै अनुभुति गराएको छ्। औकात् अनुसार् कोहि आगो कोहि हिटर् त कोहि ए-सि अगडि बसेर जाडो भगाउदै छन्।कोहि ले फुल्चोकि हीउ खेल्न जाने सपना सम्म बुनि सकेका छन्।चिया कफि र खाने लाइ बेलुका रक्सी सायद् सबै को छनोट् होला अब !!! तर पहुच् नहुने लाइ गारो हुने पो हो कि???

Wednesday, December 06, 2006

नेपाल का अग्ला राजन् अब बिश्व भ्रमण मा
Photo:Naresh Shrestha
खाली बिदेशी लाई मात्र रेकोर्ड कति राख्न दिने भनेर अब भने नेपाली पनि सुरिएका छन । तर दुख को कुरा रेकोर्ड राख्ने कुरा भने सायद् बाकि नै भेट्न मुस्किल् छ् सबैलाइ।त्य्सैले होला अलिक् फरक् शारिरिक् बनोट् भएका अर्थात् अग्ला हाम्रा राजन् पोडेल् यस्तै रेकोर्ड् राख्न भनेर प्रयास् गर्दैछन्।७ फीट् भन्दा अग्ला २७ बर्सिय राजन् अब् देश् मा शन्ति भए पछि सँसार् भ्रमण् गरि संसार भर शान्ति र भाई चारा फैलाउने क्रम्मा छन ।
संसार भ्रमण त्यस्मा पनि उचाइ अग्लो?कस्तो हुने होला उन्को भ्रमण??? शायद संसार ले देख ने छ नेपालमा अग्लो हिमाल मात्र होइन अग्ला मान्छे पनि हुन्छन्

This Heart Remembers foto:fursad and murchunga.com

Narayan Gopal Gurubacharya is by far the most prominent and popular singer in Nepali music. He was also an accomplished music composer in his own right. Not only was he gifted with a great voice, he was very versatile. His voice range allowed him to sing songs of every genre. His songs are often richly orchestrated with the sitar, harmonium and the flute. Some of his most popular songs include "Euta Manche Ko (Maya le garda)"(trans. For the Love of One Person), "Jhareko Paat Jhai"(Like a Fallen Leaf), "Yo Samjhine Man Cha"(This Heart remembers) and "Saawan ko jhari bani"(Like the Autumn Rain). Gopal has been accorded with title "Swor Samrat" (literally, King of Voice) which affirms his position as the supreme virtuoso of Nepali music. His death was due to a organ failures, said to have been caused by his notorious drinking. The cassettes and CDs of his music still make significant sales in Nepal.
He has sung over 500 songs, including in films, ballets and drama. Most of his songs are melodies. It is said that he was very selective about which songs he sang. Although 500 songs is not alot for some of his caliber, they are outstanding in some ways--be it the lyrical depth or superb rendition. In recognition of contribution in the field of Nepali music, he has received several national honors and awards, Trishakti Patta, Chinnalata Puraskar to name a few.
Continued sales of his albums attest to his immense popularity. Even more than a decade after his death, his songs are equally liked, loved and sung.His legacy lives on. Current sensation, Ram Krishna Dhakal, a very established and popular singer-- sang Narayan Gopal's songs and tried to copy Narayan Gopal's style when starting his own remarkable career.
Below is a translation (in part) of one of his most famous songs, "Kehi mitho baata gara" (Say a few sweet words), used with permission of Suckypoetssociety:
"come, let us dance in this dark- like fireflies float with the wind- like fibres of simal leave your sorrows for tomorrow for, "tomorrow" is to be suffered anyhowwhisper sweet words to me— dusk fades away in vain later tonight, to solitude— we return, to weep again"

Source:Wikipedia.org

Tuesday, December 05, 2006

अनिकाल मा बिउ जोगाउनु हुल्मुल मा टाउको जोगाउनु
foto:nepalnews.com
सरकार ले शिक्षा बिधेयक पारीत गरे पछि मास्टरशाप् हरु खुसि ले दङ् परे होलान् तर गुरु का चेला हरु लाइ कुरो मन् परेन।त्यसै को निहुमा सडक् मा ढुङा हानाहान् भयो लाठि बर्सियो त्यसैको बद्ला मा यी हाम्रा चेला हरु को टाउको फुट्यो।खै के हेरेर बन्छ् यस्तो शिक्षा बिधेयक के नभएर मन् पर्दैन् कसैलाइ अनि किन फुट्छन् टाउका। प्रस्न मथि प्रस्न?जवाफ् दिने कस्ले????

Monday, December 04, 2006

मौका यही हो "लोकतन्त्रको" ?
foto:ekantipur.com
"मौका पाए पछि चौका हान्ने नि!!" भने झै लोकतन्त्र को आड पाएर हो कि के हो हिजो आज सडक मा हरेक पक्ष आफ्नो आवाज लिएर उत्रीन थालेका छन । कोहि पद् उन्नति ,कोहि गुणस्तरिय पढाइ भएन्,कोहि उचित् अवसर् पाइएन् आदि जस्ता अनेक् कुरा हिजो आज सडक् मा सुन्न पाइन्छ्।लोकतन्त्र आएको भएर हो कि हो सबैले बल् देखौने बेला एहि भएको छ्। शान्ति को लामो सुस्केरा हाल्न नपाउदै हिजो आज फेरि सडक् मा टायर् को कालो मुस्लो र नारा भने फेरि सुरु भएको छ।असति मात्र त्यत्रो नारा लाएर हाम्रा अस्थाइ गुरु हरु बल्ल् बल्ल स्थाइ हुने हुनु भयो।तर एक् साता बित्न नपाउदै अर्को बिध्यार्थि जमात् यो भएन भनेर निस्के का छन्।तेसैको बिरोध् मा राज्-धानि लगाएत् बिभिन्न् ठाउ मा बिरोध् भएका छन्। फेरि सडक् मा टाएर् ढुङ्गा मुडा देखिएका छन । यस्तै हो भने त त्यो साच्चै को शान्ति चै कहिले आउछ त फेरी यसो अरु को नजर मा त कम्सेकम अब चै ठीक भए छ है नेपाल भनेर कुरा गरुन । तर खोइ एउटा सिद्धिन नपाउदै आर्को सुरु हुन्छ यहाँ के हो के हो???

Thursday, November 30, 2006

माइला को गुण्-गान लाई पछारे ब्याकुल माइला ले

Photo:THT( हर्ष बिभोर माईला )
बच्पन का ति दिन आजै जस्तो लाग्छ्,जुन दिन मा स्कुल को प्राथना अगाडि बसी "श्रीमान गम्भिर" गाएको तर समय बद्लिएको छ । लोकतन्त्र को आग्मन संगसंगै राष्ट्रिय गीत पनि फेरिएको छ । सधैं घोक्रो फुलाई फुलाई गाएको श्री ५ को गूड गान अब परिवर्तन हुने भएको छ । उपनाम ब्याकुल माइला भएका ओखल्ढुङ्गा बस्ने प्रदिप कुमार राई को रचना राष्ट्रिय गीत को लागि हिजो छनोट भएको छ । राष्ट्रिय गीत छनोट कार्यदल का सस्कृति बिद सत्य मोहन जोशी सहित् ले हिजो एक कार्यक्रम बिच राई को गीत छनोट मा परेको कुरा बताए । अन्य गीत एबम कबिता समेत रचना गरेका राई आफ्नो गीत छनोट भए पछि हर्स बिभोर भए ।
जे होस् राजा को दिन सिद्दिएको भनिरहेको बेलामा सम्पत्ती सँग सँग राष्ट्रिय गीत समेत अब पुरानो गुन गान बाट फेरिए पछि राजा को हालत के हुने हो त्यो भने हेर्न बाकी छ ।जे होस् अब भने राष्ट्रिय गान हामी पनि हेरौन त!!!
ब्याकुल माइला को रचना
सयौं थूंगा फूलका हामी, एउटै माला नेपालीसार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचलवीरहरुका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमालअखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशालअग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

Wednesday, November 29, 2006

हतियार मा सहमती
foto:nepalnews.com
अन्तमा हतियार ब्यबस्थापान मा अड्किएको कुरो हिजो साझ मिलेको छ । बिभिन्न बुदा हरु मा कुरो नमिलेर रोकिएको सम्झौता हतियार को उचित ब्यबस्थापान हुने भने पछि कुरो सकिएको थियो।माओबादि र सेना को दुबै तर्फ उत्ति उत्ति हतियार् राखि तालाबन्दि गर्ने र त्यस् लाई यु,एन् ले निग्रानि गर्ने छल् फल् मा कुरा भएको थियो। साथै माओबादि ले सिबिर् सुरक्षा को लागि तिस् जना र पन्द्र जना हतियार् धारि सैनिक् राख्न पाउने प्राब्धान् पनि बनाएको कुरा छल् फल् ले बताएको छ्।

Tuesday, November 28, 2006

बन्दुक तह लगाउन समय लाग्यो ? ? ?


foto:nepalnews.com

देश शान्ति सम्झौता मा सहमती भैइ शान्ति तिर अगाडि बडी रहेको स्थिथिती मा हाल आएर हतियार ब्यबस्थापान सम्बन्धी कुरा मा बार्ता नमिल्दा कुरा लम्बी रहेको छ।शान्ति सम्बन्धि हरेक् कुरा अस्तिको शिखर् बार्ता मा छल्फल् भै सके को भने पनि यो हतियार् सम्बन्धि कुरा मा भने केहि बुदा हरु बाकि थिए रे।यसै कुरा मा छल् फल् गर्न भनि सरकार र माओबादि नेता हरु बिच् पटक् पटक् कुरा हुदा पनि निर्‍ग्योल् मा पुग्न सकेन।हिजो बेलुका सरकार को बार्ता तर्फ का प्रतिनिधि सिटौला र माओबादि का महरा ले भोलि पहिलो घडि मा नै बार्ता निस्कर्स मा पुग्ने भने पनि आज् बिहान् पनि बार्ता मा कुनै तुक् कुरा भएन।पत्रकार् हरु अनुसार् माओबादि टोलि प्रचन्ड सङ्ग् छल्फल् गर्नु पर्ने भयो भन्दै बार्ता स्थान् बाट् बहिरेक थिए।खोइ कहिले हुने हो छल् फल् र कहिले हुने हो बन्दुक् मा सहमति?किन हुदै छ ढिलाइ???

Monday, November 27, 2006

बन्दुक बोक्नु पर्ने थाहा पाए पछि राती नै फरार
foto:www.djkartell.com
मन नलागी नलागी पनि कर ले जानु परेपछि मौका परे किन भागथेनन । पढ्ने खेल्ने उमेर मा भर्ति गराउन भनि जबरजस्ती सोल्खुम्बु जिल्ला को बिधालयबाट माओवादी ले सात विद्यार्थी लागेका थिए । सिन्धुली गडी को दोस्रो डिविजन बाट भागेर सदरमुकाम आए पछि लामो सास् तान्दै ९ कक्षा मा पढ्ने टेक बहादुर बस्नेत ले "हामी त राती नै भागी आएको"भनि एकै सस्मा भने । सोल्खुम्बु कै केरुङ मा कार्यक्रम छ भनि लगेका बताउने उनिहरु ले अस्थाइ सिवीर मा पुगे पछी प्रती कार गरेका थिए ।तर उनिहरु को कुरा सुन्ने कस्ले??एत्रो देशमा शान्ति सम्झौता भै सके पछि त कुरा नसुनेका ले जाबो ९ कक्षा मा पढ्ने भुरो को के कुरा सुन्ने । । । । ।
Source:kantipur

Sunday, November 26, 2006

गजुरेल को चटक ज्ञानेन्द्र होइन गजुरेल

काम्रेड प्रचन्ड को साटो गजुरेल


लोकतन्त्र को लहर देशमा चलेको बेला चरचित अनुहार जस्तै बनेर जन्ता हसाउदै हिड्ने मा ब्यस्त छन् हास्य कलाकार् मनोज् गजुरेल्।कहिले माइला दाइ भएर ठाटिने गजुरेल् कहिले प्रचन्ड् भएर हात् उठाउन भ्याउछन्।झापा जिल्ला मा जन्मिएका गजुरेल् १० बर्ष् को उमेर् देखि नै नक्कल् गर्न खप्पिस् थिए रे! जे भए पनि उन्को यो नक्कल् भने मलाइ गजब् लाग्यो!! तपाइ लाइ कस्तो लाग्छ् लेख् नु होला!!!!


Foto:www.damadol.com

Friday, November 24, 2006

A Sad Demise of Gemayel
Photo:AP

With huge mass of Lebanese crowd the ritual of of Pierre Gemayel was done on beruit yesturday.Gemayel who was famous as one of the lebanon's most prominent christian leader.
He was killed at car bomb attack in Beruit.
Thousand of his fans and crews are there at his funeral with a billboard posters in their hands .After the murder of Rafik Heriri this is the second attack at the lebanons leaders.
Gemayel, being as a member of anti syrian group he is supposed to be killed by the syrians.
With his demise all the lebanon's people are at the street against syria but the damaskas has refused to take the responsibility.For the attack UN has told to help the Lebanonese.
Any way the murder of Pierre Gemayel would be a great loss for the Lebanons .

Thursday, November 23, 2006

शान्ति मा मौका छोपे ज्ञानेन्द्रले
देशमा यती ठुलो सम्झौता भयो सबै जना खुशी याली र बिजय उत्सव मा हिंडेका बेलामा हाम्रा राजा भनौदा ज्ञानेन्द्र ले पनि मुख् फोरेका छन्।
आफु एकल् काटे हुन्छु कि भनेर होला उन्ले पनि शन्ति सम्झौता लाइ स्वागत् गर्न पछि हटेन्न्।उन्ले जन्ता ले खोजेको शान्ति अब भने नेपाल् मा आइ पुगेको र अब यस् बाट् देश् मा बहुदलिय प्रजातन्त्र को अनुभव् नेपालि जन्ता ले गर्ने पाउने कुरा राज् दर्बार् सचिबालय गरेको छ् साथै उन्ले देश् मा चिर् शान्ति को कामना पनि गरेको छन्।

बेला बिजय उत्सव र खुशीयाली को
foto:Shailendra Kharel
मलाई मन पर्ने फोटोग्राफर मा यो फोटो खिच्ने शैलेन्द्र खरेल पनि एक हुन । नेपाल मा शान्ति सम्झौता मा हस्ताक्षर भए पछी देश भरि बिजय उत्सव मनाउने क्रम्मा देश भरि खुशीयाली को लहर चलेको छ ।

Wednesday, November 22, 2006

११ बर्ष लामो युद्द लाई फर्केर हेर्दा


शान्ति आएको खुशी साथ रहदा रहदै पनि ११ बर्ष को लामो युद्द लाई कसरी भुल्न सकिन्थ्यो र? कान्तिपुर मा मैले भेटेको यो युद्द को सारांस्(छोट्करी) तपाईं हरु सँग पनि बाड्दै छु। ११ बर्ष का प्रमुख घट्ना हरु :
२०५१ फागुन १ - रोल्पा, रुकम र सिन्धुली जिल्लाका एकएकवटा प्रहरी चौकीमा आक्रमण ।
२०५३ पुस १९ - रामेछापको बेथानमा आक्रमण दुई प्रहरी र तीन माओवादीको मृत्यु ।
२०५५ फागुन २० - दाङको चिराघाट इलाका प्रहरी कार्यालयमा आक्रमण । सात प्रहरीको मृत्यु ।
२०५५ फागुन २१ - रुकुमको एमालेका सांसद उम्मेद्धार यदु गौतमको हत्या ।
२०५६ पुस १९ - जुम्लाको रारालीमा आक्रमण । ९ प्रहरीको मृत्यु ।
२०५७ असोज ९ - डोल्पा सदरमुकाम दुनैमा आक्रमण । १४ प्रहरीको मृत्यु ४० घाइते ।
२०५७ चैत २० - रुकुमको रुकुमकोट ठाँटीडाँडामा आक्रमण । ३० प्रहरीको घटनास्थलमै मृत्यु ।
२०५८ असार २३ - लमजुङ, नुवाकोट र गुल्मीका प्रहरी चौकीहरूमाथि एकै पटक आक्रमणमा ४१ प्रहरीको मृत्यु ।
२०५८ मंसिर ८ - पहिलो पटक सैनिक ब्यारेकमा आक्रमण । दाङको सदरमुकाम घोराहीमा आक्रमण । १४ सैनिकसहित ३७ सुरक्षाकर्मीको मृत्यु ।
२०५८ फागुन ४ - अछामको सदरमुकाम मंगलसेन र साँफेबगरस्थित विमानस्थलमा एकै साथ आक्रमण । प्रमुख जिल्ला अधिकारीसहित १ सय २९ भन्दा बढीको मृत्यु ।
२०५८ चैत ३० - पूर्व-पश्चिमको राजमार्गको दाङ खण्डका तीन ठाउँमा एकै साथ आक्रमण । सशस्त्र र जनपदका अधिकृतसहित ४६ प्रहरीको मृत्यु ।
२०५९ भदौ २३ - सिन्धुलीको भीमानमा आक्रमण । प्रहरी निरीक्षकसहित ४९ को मृत्यु ।
२०५९ भदौ २४ - अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आक्रमण । ६५ सुरक्षाकर्मी र एक सर्वसाधारण गरी ६६ को मृत्यु ।
२०५९ कात्तिक २९ - जुम्लाको सदरमुकाम खलंगा र गोरखाको ताकुकोटमा आक्रमणमा प्रमुख जिल्ला अधिकारीसहित ६१ सुरक्षाकर्मी र दुई सर्वसाधारणको मृत्यु ।
२०५९ माघ १२ - सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ दम्पतीको हत्या ।
२०६० भदौ २१ - दोलखाको मैनापोखरीमा यात्रुबहाक बसमा आक्रमण ।
२०६० चैत ७ - म्याग्दीको सदरमुकाम बेनीमा आक्रमण । सैनिकसहित ५१ जनाको मृत्यु ।
२०६२ साउन २३ - कालीकोटाको पिलीमा आक्रमण । ५० भन्दा बढी सैनिकको मृत्यु ।
२०६२ जेठ २३ - चितवनको बाँधर- मुढेमा यात्रुबहाक बसमा आक्रमण । ३९ सर्वसाधारणको मृत्यु ।
२०६२ जेठ २९ - कैलालीको अत्तरियामा सशस्त्र प्रहरीका सात परिवारको हत्या ।
२०६२ चैत ७- १३ सैनिकको मृत्यु । काभ्रेको दाप्चामा आक्रमण ।
२०६२ चैत २३ - सल्र्ााहीको मलंगवामा आक्रमण । सैनिक हेलिकप्टर ध्वस्त । १० सैनिकसहित २३ को मृत्यु ।
२०६२ वैशाख १० - सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा अन्तिम आक्रमण । पाँच माओवादी र एक सुरक्षाकर्मीको मृत्यु ।

साभार्:कान्तिपुर दैनीक

फोटो: www.hinduonnet.com www.theage.com.au

शान्ति नेपाल मा पनि आइपुग्यो ! अब फर्किदैन रे!!!
शान्ति को लागि हात बडाउदै (foto:rajeshkc.com.np)

अन्तत ढिलो भए पनि आशा को त्यान्द्रो पलायो । होस् हवास् मा नभएका ले लामो सास् फेरे । यती लामो ११ बर्ष सम्म देशमा गुज्रे को हिंशा ले पूर्णवीराम पायो । हिजो को मंगलबार त्यस्मा पनि साँझ को ८:२९ को समय शायद नेपाल को ईतिहास मा अबिस्मर्णिय क्षण भएर रहनेछ । २०५२ फागुन १ गते बाट आफ्नो सस्त्र हिसा सुरु गरेको माओवादी र सरकार बिच्को युद्द ले देशमा १४०० हजार भन्दा बढी को ज्यान र करोडौ को भौतिक् क्षती बेहोरी रहयो । तर त्यो दिन अब भने टरे जस्तो छ हिजो बेलुका एतिहासिक शान्ति सम्झौता मा प्रधान मन्त्री गिरिजा प्रसाद कोईराला र माओवादी का अध्यक्ष प्रचन्ड ले सामुहिक हस्ताक्षर गरे । हस्ताक्षर पछी प्रचन्ड ले कार्यक्रम मा बोल्दै"देश अब शान्त भएको र अब बिकास तर्फ उन्मुख हुनु पर्ने सबै देश बासी लाई अनुरोध गरे" । त्यस्तै प्रधान मन्त्री कोईराला ले पनि प्रचन्ड लाई खाली फोटो मा देखेको र यो पाली साच्चै देख्न पाएको र यही पाली शान्ति सम्झौता भएको ले खुशी भएको बताए । भाषाण पछी बिरेन्द्र सभा गृह ताली ले गुन्जियो । तर ढिलो भए पनि सामुहिक सम्झौता भएको छ ।अब भने दुवै पक्ष बाट सोच बिचार ले काम गरी देश लाई केही उकालो लगाउने तर्फे सोच्दा कसो होला । अन्तमा ,
जय नेपाल
शान्त नेपाल

Tuesday, November 21, 2006

माओवादीको भर्ती अमेरिका लाई चित्त बुझेन
अन्तिरम सरकार मा माओवादी सामेल भैइ सके पछी पनि उधार स्वभाब देखाइ रहेको अमेरिका ले माओवादी को हाल सालै को छापामार भर्ना कार्यक्रम मा आफु सहमत नभएको बताएको छ्।यस्तो शान्ति प्रती अग्र गामि भएर देश अगि बडी रहेको स्थिती मा पनि हतियार किन्ने सैनिक भर्ना गर्ने काम मान्वाधिकर बिपरित कार्य भएको अमेरिका ले बताएको छ । देश र जनता को सुख को लागि अन्तरिम सरकार मा जान लागेको माओवादी पक्ष बाट फेरी यस्ता कार्यक्रम गरी जनता लाई दुख दिनु उचित नभएको भनेको छ । सर्वोच्च अदालत को पुस्तक हस्तान्तरण कार्यक्रम मा बोल्दै नेपाल का लागि अमेरेकी राजदुत मोरियर्टी ले माओवादी को चरित्र अझै पनि राम्रो बन्न नसकेको बताउनु भयो ।

Monday, November 20, 2006

गिरिजा को चयालेन्ज "कोही नआए पनि बाल छैन"

foto:nepalicongress.org.np
देश् को सरकार् माओवादी सहित अन्तरिम सरकार मा जाने भनि रहेको बेला ने क पा एमाले ले भने सरकार को समिक्षा पछि मात्र सरकार मा जाने कि नजाने भन्ने कुरा को निर्णय हुने कुरा बताएको छ । यसै सम्बन्धमा बोल्दै प्रधानमन्त्री कोईरालाले भने माओवादी सहित को अन्तरिम सरकार मा कोही गए पनि र नगए पनि फरक नपर्ने बताए । एमाले का महासचिब नेपाल ले अन्तरिम सरकार मा सम्मान्जनक तरिका बाहेक घिस्रेर नजाने भने पछी कोईराला को यो भनाइ बहिर आएको हो ।नेपाल लाई सम्मान्जनक बिधी चाँहीने कोईराला भने एक्लै भए पनि जाने हुनाले कुरो कुरो बिच अहिले फाटो आएको छ्। यस्तै हो भने पछि सरकार मा गए भने यिनिहरु को स्थिति के रहला!!!

Saturday, November 18, 2006

घर जाने कि नजाने ? ? ?


बिहान सबेरै आज पत्रीका हेर्दा कान्तिपुर दैनिक को पहिलो पाना मा भएको फोटो मा आँखा पुग्यो । कान्तिपुर को रिपोर्टर सुबोध् सिँह ले खिच्नु भएको तस्वीर रहेछ । सुरुमा लाग्यो किन औंला उठाँउदै छिन यि महिला सोचे कुनै समसायिक बिषय भन्दा बाहिर को तस्वीर होला तर कहाँ उहि माओवादी को छापामार भर्ना समबन्धी समाचार पो रहेछ । हुर्के बडे कि छोरी एका एक गायब् भए पछि आमा खोज्दै माओवादी को अस्थाइ सिवीर सम्म पुगिन ।पर्सा को वीरुवाटार कि १२ बर्सिय बिनिता ठोकर गएको बिहीवार देखि माओवादी छापामार मा भर्ती हुन माओवादी सिवीर सम्म पुगेको थिइन । मासिक ५ हजार तलब मा नयाँ नेपाल निर्माण को लागि भनेर माओवादी को होइ होइ मा उनि त्यहाँ पुगिन । नयाँ नेपाल निर्माण चै हुन कति समय लाग्छ कुनी तर यी ठोकर भने नयाँ नेपाल निर्माण को लागि माओवादी सिवीर मा बिहान बेलुका बन्दुक सम्बन्धी तालिम लिदै छिन । बन्दुके तालिम ले नयाँ नेपाल निर्माण कसरी हुने हो खोइ??