Thursday, November 16, 2006

छान बिन आयोग डरायो !!!

जन्-आन्दोलन २०६३ दबाउने को छान् बिन् गर्न गठित उच्च्स्तरिय छान बिन टोली मा हिजो आज भित्र भित्र आफ्नै पदाधिकारी बिच बिबाद बड्न थालेको छ । जन-आन्दोलन को क्रम्मा राजा र उन्को प्रतक्ष्य शासन काल्मा रहेका मन्त्री हरु लाई कारबाही गर्ने कुरामा साथी हरु सँग कुरा नमिलेको छान बिन आयोग को टोली को एक सदस्यले बताए । उसै त नेपाल मा ठुला ठालु अहिले आस्र्य पाइरहेको समयमा खाली तल्लो स्तर का लाई मात्रै कारबाही हुने र माथिल्लो स्तर का लाई कारबाही नहुने देखिरहेको छ । बहिर बजार मा भने दोषी कोही नछुट्ने भन्ने तर काम गर्न भने अलिक डराएको होकी जस्तो प्रबृती देखिएको छ । टोली को एक सदस्यले भने "गोली हान्ने लाई चै कारबाही हुने तर हान्ने आदेस् दिने लाई चै किन कारबाही नहुने" ??
यस्तै पक्ष्पात ले गर्दा नै देश मा आमुल परिवर्तन हुन नसकेको पो हो कि ? ?

अमेरिकाको नेपाल लाई सहयोग उस्तै रहने

आतंकबाद लाई पूर्ण रुप्मा अबज्ञा गर्ने बिश्व को शक्तिसाली राष्ट्र अमेरिका ले नेपाल मा भने माओवादी अन्तिरम सरकार मा गए पनि आफुले भने गर्नु पर्नु सहयोग गर्ने भनेको छ । अमेरिकाले नेपाल को माओवादी लाई आतंकबाद को सुची बाट नहटाए पनि आर्थिक र अन्य सहयोग मा भने नेपाल लाई कुनै कमि नहुने बताएको छ । दक्षिण र मध्य एसिया सम्बन्धी ममिला हेर्न अमेरिकि बिदेश् सहयक मन्त्री रिचार्ड ए बौचेर ले उक्त कुरा पत्रकार हरु लाई बताउदै आतंकबाद को बाद को सुची बाट भने माओवादी लाई किन नहटाइएको भन्ने प्रश्न मा यो उनिहरु को कृया कलाप मा भर पर्ने र अहिले सो समय आइ नसकेको बताए ।जे होस् अमेरिका सहयोग भने नेपाल लागि उकालो लाग्ने राम्रो अवसर् हुन सक्सक्छ

Wednesday, November 15, 2006

भर्ना खुल्यो!भर्ना खुल्यो!! तर अब किन ? ? ?

foto:www.irinnews.org

तपाईं नझुक्किनुस् यो कुनै स्कुल वा क्लेज को भर्ना सम्बन्धी बिज्ञापन होइन । यो त हाम्रो नेपाल को भक्खर मात्र शान्ति बार्ता मा आएको माओवादी को छापामार मा भर्ना खुलेको जानकारी हो । अस्ती भक्खर बार्ता को टेबल मा बसी शान्ति को लागि बिगुल फुकेर बिजय जुलुस् समेत मनाउन भ्याएको माओवादी ले हिजो आज छापामार भर्ना गर्न थालेको कुरा राष्ट्रिय दैनिक "कान्तिपुर्"बाट् थाहा हुन् आएको छ्।शान्ति सम्झौता अनुसार अहिले सम्म भएका हतियार र सैनिक को ब्यबस्थापान गर्ने र अब भने थप्न नपाईने भन्ने सहमती भएकोमा फेरी एक पक्ष बाट यस्तो काम हुन खोज्नु कतिको उप्युक्त होला । किन हो देशमा शान्ति को लागि यती प्रयास भई रहदा पनि कहिले सरकार पक्ष बाट हतियार भित्राउने कुरा त कहिले माओवादी ले छापमार भर्ना सम्बन्धी कुरा आइ रहन्छन । यस् बिषयमा दुवै पक्ष बाट सोचेर अगि बडे कसो होला ? ?

Monday, November 13, 2006

सरकार को निर्णयमा माओवादीको आपत्ति

अस्ती मात्र त्यती मेहनत गरेर भएको शान्ति बार्ता को बारेमा राष्ट्रिय स्तरिय शान्ति सम्झौता को मस्योउदा सरकार ले सबै पक्ष सँग छलफल नगरिकन गरेको भन्दै माओवादी ले यस्मा आपति जनाएका छन । पार्टीको केन्द्रिय बैठक मा छलफल गर्न काभ्रे पुगेका माओवादीका केन्द्रिय नेता बाबुराम भटटराइ ले सम्झौता को मस्योउदा सबै सँग परामर्स गरी गर्नु पर्ने मा त्यसो नभएको भन्दै आपती जनाए । उनिले उक्त मसौउदा अपूर्ण भएको भन्दै सरकार ले आउदो बिहीवार प्रकाश मा ल्याउने भनेको मस्योउदा हतार गरी अगाबै आउनु उचित नभएको बताए । भटटराइ ले माओवादी को शिवीर राख्न्न सरकार सँग अनुमती लिनु नपर्ने,माओबादि ले नै तोकेको ठाउ मा राख्न पाउनु पर्ने भन्दै मस्योउदामा उक्त कुरा प्रस्ट नभएको बताए । उन्ले मसौउदा ६ बुदे सहमती बिपरित पनि भएको साथै माओवादी बाट पनि मसौउदा तयार पार्ने काम भई राखेको र पुरा भए पछि प्रधान मन्त्री साथै माओवादी का शिर्ष नेता बाट हस्ताक्षर हुने अनि मात्र बहिर प्रकाश मा आउने कुरा बताए ।

Sunday, November 12, 2006

Foto For The Week

पोशाक मोह

माओवादी र सरकार पक्ष बिच शान्ति सम्झौता भै सकेपछि पनि माओवादी मा किन हतियार र पोशाक मोह??
(कार्तिक २४ गते को बिजय जुलुस् मा सहभागी एक माओवादी कार्यकर्ता)
Photo: www.nepalnews.com

Saturday, November 11, 2006

"रङ दे बसन्ती को फ्यान" प्रचन्ड पनि


नेपाल को संचार जगत त्यस्मा पनि कान्तिपुर को पत्रीका ,टेलिभिजन र रेडियो । यि तीन चिज को नाम नसुन्ने कमै होलान । यही क्रेज सँग अगि बढेको कान्तिपुर को के टिभी मा आउने पवन कली भन्ने कार्यक्रम हेर्न शनिबार बेलुकी ७:३० मा जो पनि टिभी अगाडि बस्छन । तारा कडेल् द्वारा निर्मित् र स्वयम् आफै द्वारा प्रस्तुत् यो कार्यक्रम् उन्को बोल्ने लबज् ले र ठटौलि प्रस्तुति ले गजब् बनेको छ्।यस्तो चर्चित् हुदै गएको को कार्यक्रम् ले अझ् चम्किन् अहिले को तातो अनुहार् लाइ कार्यक्रम् मा समेट्यो त्यो अनुहार् उहि हाम्रा काम्रेड् प्रचन्ड् थिए।तातो कार्यक्रम् मा तातो अनुहार् सब्ले हेर्ने भै हाले। हेर्ने त सबैले हेरे होलान् तर हाम्रा शान्ति बार्ता लगि अन्तिम् रुप् दिन् गठित् दश् सदसिय टोलिले समेत् बैठक् स्तगित् गरेर् कार्यक्रम हेरे भन्ने सुन्दा अच्च्म लाग्यो । के को रहर हो त्यस्तो हाम्रा नेता लाई ? ? तर जे भए पनि कार्यक्रम मा पवन क्ली जी ले प्रचन्ड लाई पछिलो नेपाली चलचित्र कुन हेर्नु भयो भन्ने प्रश्नमा प्रचन्ड ले भने नेपाली होइन हिन्दी हेरे रङ दे बसन्ती ! प्रचन्ड कम्रेड पनि अमिर खान को फ्यान हो कि क्या हो ? ? ?

Friday, November 10, 2006

आम सभा स्थगित भए पछि बिजय जुलुस् मा माओवादी
देशमा शान्ति को पक्ष मा एतिहासिक निर्णय आए पछि माओवादी हरु ले शहर क बिभन्न ठाउ बाट बिजय जुलुस् निकालेका छन । हुन त माओवादी ले आज कार्तिक २४ गते बिशाल जन सभा गर्ने जस्मा अधक्ष्य प्रचन्ड को पनि उपस्थिती रहने कार्यक्रम राखेका थिए । तर कार्यक्रम मा भाग लिन आउने लाई दाल भात को ब्यबस्था राजधानी बसी ले नग्रने भए पछि कार्यक्रम स्थगित भएको थियो । त्यही झोक मा आज उनिहरु ले बिशाल बिजय् जुलुस् गर्ने भन्दै हिजो देखि नै प्रचार् प्रसार् मा जुटेका थिए।त्यही त्यरी अनुसार अहिले शहर भरि राता झन्डा हल्ली रहेका छन । साथै बिभिन्न ठाउ बाट नारा बाजी गर्दै अहिले जुलुस् खुल्ला मन्च तिर लाग्दै छ ।उनी हरु अनुसार जुलुस् शहर परिक्रमा गरी खुल्ला मन्च मा गै सभा मा परिणत हुने कार्यक्रम रहेको छ । एही बिजय जुलुस् को कारण अहिले का ठ्मान्डौ को यातायात निक्कै प्रभाबित भएको छ ।

गिरिजा बाबु को क्रेज शान्ति पुरस्कार सम्म
बितेको ११ बर्ष सम्म जारी माओवादीको युद्द लाई मुल्याङ्कन गरी देशमा शान्ति स्थापना गराउन शसक्त भूमिका खेलेका प्रधान् मन्त्री गिरिजा प्रसाद् कोइराला लाई काठ्मान्डौ काग्रेस् ले "नोबेल् शान्ति" र 'संयुक्त राष्ट्र संघ शान्ति पुरस्कार' मा भाग् लिन् प्रस्ताब् पठाउने निर्णय गरेको छ्।
देश् मा दिगो शान्ति स्थापना गराउन् अहम् भुमिका खेलेको उल्लेख् गर्दै काङ्रेस् ले उनिलाइ छानेको भनेको छ्।
काङ्रेस् स्तरिय काठ्मान्डौ पार्टिको बिहिबार् बसेको बैठक् मा कोइरालाले अन्बरत् रुप्मा देश् मा शन्ति को लागि लागि पर्नु भएको ले र अन्तमा शान्ति स्थापना मा राम्रो लक्षण् देखिएको ले गिरिजा बाबुको माग् भएको बताएका छन्।हेरौ गिरिजा बाबुको क्रेज् कतिको बढेर् जाने हो????

Thursday, November 09, 2006

बिचरा बुश foto:newyorktimes.com
"बाघ को पनि तन्नेरि हुने दिन सकिन्छ" भने झै सधै जसो चर्चा मा रहि रहने शक्तिशालि राष्ट्र अमेरिका का राष्ट्रपति जर्ज बुस् को पनि दिन गए जस्तो छ । यो कुरा हिजो मात्र अमेरिका मा भएको मध्यावधी चुनाव ले देखाएको छ । चुनाव डेमोक्र्याट पार्टीले जितेको थियो। डेमोक्र्याट को बिजय बाट अ्एरिका को राजनीति मा उथल्पुथल हुने भएको छ । राष्ट्रपति बस ले यो पाली प्रतिनिधि सभामा मा भिन्न पार्टी का नेताहरु सँग काम गर्नु पर्ने भएको छ । बिभिन्न आरोप हरु खेप दै आफ्नो आयु घटाइ रहेका बुस् ले यो पाली को उन्को पार्टी को हार ले ठुलो धक्का महसुस् गर्ने छन । अब का दिन मा भने बुश ले सोचेर अगि बड्न आव्स्यक छ नत्र फेरी नयाँ लोर्के बाघ आउन क बेर्!!!!!!

Wednesday, November 08, 2006

"हामी माओवादी पाल्दैनौ”
foto: www.nepalnews.com (Chasing local people by a maoist)
देशमा माओवादी पक्ष र सरकार पक्ष बाट यती ठुलो सम्झौता भए पछि पनि माओवादी को चरित्र सुध्ंरिन सकेको छैन ।माओवादी बाट जनतालाई धम्की दिने ज्यान मार्ने डर दिने काम जारी छ ।
त्यसैको सन्धर्बमा हिजो मात्र एतिहसिक निर्णय भएको दिन मा समेत माओवादी कार्यकर्ता ले राजधानीबासी लाई कार्तिक २४ गते हुने भनिएको उनिहरुको कार्यक्रम मा भाग लिन आउने उनिहरु को कार्यकर्ता हरु लाई खान बस्न दिनु पर्ने भनेर टोल टोल मा गै भनेका थिए ।
उनिहरुले टोल टोल मा गै हरेक घरमा उनिहरु को १० १० जना कार्यकर्ता लाई रख्दिनु पर्ने भनेका थिए ।साथै उनिहरु ले आफ्नो कार्यक्रम भरि उनि हरु लाई राख्नु पर्ने र नराखेमा भौतिक कारबाही हुने जनाएका थिए ।
यस्तो प्रस्ताब लाई टोल बसिले माओवादी को ज्याद्ती भन्दै हिजो जुलुस् निकालेका थिए ।उनिहरु ले देशमा यती ठुलो को निर्णय भए पछि पनि माओवादी को हर्कत उस्तै रहेको ले शान्ति मा चिन्ता बडेको बताएका थिए ।उनिहरु ले “माओवादी पाल्दैनौ” भन्ने नारा लगाउदै शहर घुमी माओवादी को केन्द्रिय कार्यालय घेरेका थिए ।यस्तो जनताबाट दबाब आइसके पछी अधक्ष्य प्रचन्ड ले पर्सी हुने कार्यक्रम स्थगित गरेका छन ।
यती ठुलो सम्झौता भही सक्दा पनि उस्तै भए यी माओवादीको घैटा मा घाम कहिले लाग्ने होला ? ? ? ?

सफलतामा बिजय उत्सव हुने

देश मा एतिहासिक निर्णय भए पछि माओवादी तर्फ बाट पत्रकार सम्मेलन भएको छ । सम्मेलन मा माओवादी अध्यक्ष प्रचन्ड लगायत बाबुराम भट्टराई पनि छन ।पत्रकार हरु ले सोधेको प्रश्न दिने क्रम्मा प्रचन्डले आज राती देखि नै बिजय जुलुस् निस्कने र देश् भरि यो उत्सब् मनाउने कुरा भएको जनाएका छन्। साथै पत्रकार् हरु ले पर्सि कार्तिक् २४ गते हुने भनिएको कार्यक्रम् बाट काठ्मान्डौ बासि लाइ धम्कि माओबादि ले दियेको भन्ने प्रस्न म अधक्ष्यले त्यस्लाइ धम्कि नभै आग्रह बताए। साथै उन्ले जन्ता लाइ दुख् नदिने निर्णय गर्दै पर्सि हुने कार्यक्रम् पछि सारेका छन्। र मेरा बानेस्वर् स्थित् मित्र ले जनाये अनुसार् बहिर सडक् मा बिजय् उत्सब् जस्तै ठुला नारा हरु सुनियेका छन् रे। हेरौ सडक् कतिको तात्दो रहेछ ? ? ? ? ? ?

Tuesday, November 07, 2006

एतिहासिक निर्णय

अन्तमा शान्ति

मलाई लाग्यो म ढिलो भए कि "देशमा यतरो निर्णय भेइ सकेछ्,म भने निन्द्रामा" तर सुख् समाचार् ढिलो भए पनि उत्तिकै ताजा रहयो र रहि रहनेछ् जस्तो लाग्छ् मलाइ । उठ्नासाथ पत्रीका आयोकी भनेर कौसिमा हेरे तर देखिन । एक छिन पछि बाटोमा एउटा फुच्ची को हात मा पत्रीका देखे टाढा भए पनि हाईलाईट गरेका अक्षर प्रस्टै देखिन्थे "PEACE AT LAST"
यतरो बर्ष् सम्म् चलेको गृह युद्द को अन्त्य हुने कुराले खुसि को सिमा रहेन । एक् छिन् मा पत्रीका आयो।अबेर राती सम्म बसेर भए पनि हाम्रा नेता हरु ले एतिहासिक् निर्णय गरेछन्। निर्णय लाई छ बुदे सहमती को रुप्मा उनिहरुले प्रस्तुत गरेका रहेछन । १४ घण्टा लामो उनिहरु को बार्ता मा अब आउने कार्तिक ३० गते भित्र शान्ति प्रकियामा हस्ताक्षेर हुने र माओवादी छापामार हरु लाई तोकिएको छेत्र मा मङ्सिर ५ गते भित्र पठाउने कुरा भएको छ ।माओवादी छापामार हरु लाई ईलाम्,सिन्धुली,काभ्रे,पाल्पा,रोल्पा,सुर्खेत र कैलाली का छेत्र हरु मा राख्न्ने निर्णय भएको छ साथै उनिहरु र उन्को हतियार लाई एक पछीय ताला बन्दी गर्ने निर्णय सयुन्क्त राष्ट्र संघ ले गरेको छ । यो प्रकृया नेपाली सेना मा पनि लागु हुने भएको छ । साथे राती भएको बार्ता को अन्य निर्णय मा हंतियार ब्यबस्थाप्न ,अन्तरिम संबिधान र अन्तिरम सरकार मा समेत मह्तोपूर्ण निर्णय भएको थियो । जे होस् देश मा आएको शान्ति दिगो होस् यही कामना नयाँ नेपाल लाई । । । शान्ति शान्ति शान्ति आज को आवस्यक्ता । । । । । ।

सोझै बार्ता बाट

बार्ता अझै पनि जारी "स्थाइ शान्तिको आशा"

foto:ekantipur.com
"लन्च ब्रेक्" पछि भित्र चलिरहेको बार्ता जारी छ । चार सदसिय कार्य दल गठन भएको जानकारी यहाँ आएको छ ।उक्त कार्यदल ले सहमतिको फाइल त्यार गरी आठ दल का नेता हरु को हस्ताक्षर हुने कुरा रहेको छ । र त्यही सहमतिलाई सरकारले एतीहासिक घोषणा गर्ने भनिएको छ । मेरा पत्रकार मित्र गोपाल सुबेदी को सहयोग मा म यो ब्लग अप्-डेट गरी रहेको छु । उहा अब आफ्नो पालो पुरा गरी आउन त्यारी म लाग्नु भएको ले आज को लागि मेरो ब्लागिङ यती नै होला । तर जे भए पनि एतिहासिक घोषणा आउने कुरामा बिश्वास का साथ् सबै जना बसी रहेको कुरा जानकारीमा आएको छ । बार्ता र बार्ता स्थल को बारेमा थेप जानकारी र फोटो म आउने ब्लग मा प्रस्तुत गर्ने छु । अन्तमा,फेरि अर्को पल्ट समाचार लेख्दा देशमा स्थाइ शान्ति भनेर लेह्न पाइयोस् । । । । ।

बालुवाटार बाट "LIVE"

बार्तामा लन्च ब्रेक

बिहान देखि बालुबाटर मा सुरु भएको बार्ता केही बेर अघि स्तगित् भएको छ। बार्ता मा भएका नेता हरुले "लन्च ब्रेक" भन्दै स्तगित् गरेका हुन्। अन्तरिम् सविधान्,अन्तरिम् सर्ंकार् र अन्तरिम् सांसद् मा छल्फल् हुने भनिएको आज् को बैठक् केहि निर्णय म आउन नसकि अहिले रोकिएको हो।बार्ता स्थल् बाहिर आएको हल्ला अनुसार् बैठक् मा साना साना पार्टीले पनि सँसद् मा १० १० सिट् को माग् गरे पछि बार्तम कुरा नमिलेको बुझिएको छ्। जे होस् एक् छिन् पछि सुरु हुने भनिएको बार्ता छिटो सुरु भै टुङो मा पुगोस् भन्ने हाम्रो चाहना।।।।।

Monday, November 06, 2006

अहिले सम्म बार्ताको परिणाम "अड्कल बाजिमात्र"
हिजो को बार्ता बिना कुनै सहमती मा नपुगी अहिले बिहान बस्ने भनि टुङिएको थियो र बिहानि सत्र को बार्त सुरु भैसके को छ । हिजो बार्ता म कुनै त्यस्तो ठोस् उप्लब्धी हुन नसके पनि आज बिहान को बार्ता ले भने केही फल्दायक् निर्णय गर्छ होला । हेरौ अहिले हामी अड्कल बजी भन्दा बडी के नै गर्न सक्छौ र??
foto:nepalnews.com

बार्ता पूर्वको टिका-टिप्णी

सात दल र माओवादीबीचको वार्ता सहमतिमा पुग्ने भनिएको आज (२० कार्तिक)को अपरान्ह नजिकिँदै क्रमसंगै राजधानीको राजनीतिक वातावरण तातेको छ। परामर्श वैठकहरु तिब्र भएका छन्। आजै बिहान माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालासँग भेटेका छन भने एमाले महासचिव माधवकुमार नेपालसँग टेलिफोनबाट वार्ता गरेका छन्। एमाले स्थायी समितीको वैठक केन्द्रिय कार्यालय बल्खुमा मध्यान्ह पछि शुरु भएको छ। नेका प्रजातान्त्रिकको केन्द्रिय कमिटीको वैठक पनि सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भइरहेको छ। औपचारीक रुपमा नबताइएपनि आज बेलुकासम्ममा ७ दल र माओवादीका शिर्ष नेताहरुको वैठकले सहमती सार्वजनिक गर्ने करिब करिब तय भएको छ। गृहमन्त्री कृष्णप्रसाद सिटौलाका भनाईमा हतियार व्यवस्थापन तथा कतिपय राजनीतिक मुद्दाहरुमा समेत सरकार र माओवादीबीच सहमति भइसकेको छ र सो सहमतिलाई ८ दलका नेताहरुको बैठकले अनुमोदन गर्न बाँकी छ। सरकार र माओवादीबीच भएको भनिएको सहमति अनुरुप संयुक्त राष्ट्र संघको अनुगमनमा रहने गरी माओवादीका सेना क्याम्पमा बस्ने र तिनको हतियारलाई एकल तालाबन्दी (सिंगल लक) प्रकृया अर्न्तगत भण्डारण गरिनेछ। यसरी हतियार भण्डारण गर्दा लगाइएको ताल्चाको साँचो माओवादीसंग रहने छ त्यो ताल्चा कसैले छोएमा राष्ट्र संघले क्लोज सर्किट क्यामेरा (सिसीटिभि) मार्फत हेर्नेछ। त्यस अवस्थामा साइरन समेत बज्ने व्यवस्था मिलाउने सहमती भएको छ। यसवाहेक हतियार भण्डारण गरिएको स्थान र माओवादी सेना रहेको ब्यारेक तथा आफ्ना उच्च नेताहरुको सुरक्षार्थ …जनसेना'ले केही सामान्य हतियार राख्न पाउने छ। गृहमन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार शिर्ष नेताहरुले अनुमोदन गरेपछि यो सहमति कार्यान्वयनमा जानेछ।
Source:हिमाल खबर बाट

Sunday, November 05, 2006

तातो तातो

सहमतिको ढोका नजिक !!!!! बार्ता को तिथी मिती सहित परिणाम आउन बाकी रही रहेको बेला आज बार्ताको एक प्रमुख ब्यक्तित्व मानिएका माओबादि का अध्यक्ष प्रचन्डले सड्यन्त्र नभए भोली सम्म्मा सहमतिको घोषणा हुने भनेका छन । तमु मुक्ति मोर्चा को पोखरामा आयोजित् एक् कार्यक्रम् को उदघाटन मा बोल्दै उन्ले"आज साझ सम्म्मा सात दल र सयुन्क्त राष्ट्र संघ बिच बैठक बस्ने र भोली सम्म मा निर्णय आउने बताएका छन्। सोही अवसर मा उन्ले हंतियार राखेको ठौउ लाई ताल्चा लगाई लाहा छाप लगाउने र कुनै पक्ष्ले त्यो चलाएमा शाइरन बज्ने ब्यबस्था गरिने बताएका छन । जे होस् जस्तो निर्णय भए पनि हामी दिगो शान्ति चाहन्छौ कसो???

foto:http://www.schlossnagle.org

source:himal khabar

Saturday, November 04, 2006

फेरी चक्का जाम
Photo:Bikash Karki
बिहान १० बज्न पाउदा नपाउदै,सडक सुन्सान भयो ।स्कुल्,क्लेज जाने र अफिस् जाने सडक किनार बसेर मुखामुख गर्न बाहेकको अरु कुनै बिकल्प रहेन । सबै जना मोटर नचल्ने छाट्काट देखे पछि लुरु लुरु हिंड्न लागे । मलाई लाग्यो आज कुन पार्टी को बन्द रहेछ फेरी सोचे बन्द भएको भए त यसो हल्ला चल्नु पर्ने तर फेरी सोचे हिजो आज चक्का जाम जुलुस् हुनलाई के को निहु चाँहीयो !!!!! यसो दुई चार जना उभिएको ठाउँ मा गएर कुरा बुज्दा घट्ना नजिकै को रहेछ्। अपुस्ट समचार् अनुसार् हल्चोक् भन्ने ठाउमा कुनै एउटा बस् को चालक् ले पीटाइ खाना ले यातयात् ठप्प् भएको रहेछ्।अलि पर स्वयम्भु तिर हेरे कालो टायर् को मुस्लो आकसिदै रहेछ्। लाग्यो बुद्ध निसासि सके धुवाले।कहिले लाग्ने होला हाम्रो घैटा मा घाम । । । । अहिले सुन्छु बन्द खुल्यो रे ? खै कतिन्जेल सम्म हो ? ?

FOTO FOR THE WEEK
"जहाँ छन बुद्द का आँखा"

Utilising My Holidays
Dear friends and visitors ,
For the past two days i didnt update my blogs due to my holidays. But i am back here with some snaps for you .Check it out...
Balambu a beautiful hill station just 4 km from the valley .We got there at 4 pm on the day.Here are some fotos of kathmandu from balambu and some poitrate too.
And from this week i made an idea to introduce a section
"FOTO FOR THE WEEK"



Are u ready???? for"foto for the week" section













Local boy on Balambu













Hide and seek of the clous and sun

















"Granma"-Who showed us the way